सुनसरी : केही दिनदेखि सुनसरी, प्रदेश १ मा मात्रै होइन नेपालमा पनि चुलिएको मध्येको एक नाम हो हर्क साङपाङ।उनको चर्चाको कारण चाहिँ स्वतन्त्र रूपमा धरानको मेयरमा उम्मेदवारी दिनु हो। अनि अहिले जुन मात्रामा उनले जनताको विश्वास मतपेटिकामा पाएका छन्, त्यो निक्कै लोभलाग्दो छ।सामाजिक सञ्जाल, ‘फेसबुकमा’ धरानका समस्या निर्धक्क पोख्दै आएका उनी कहिले कुटिए त कहिले जेलसमेत परे। तर, धरानको समस्या केलाउन भने उनले छोडेनन्।तत्कालीन धरानका मेयर स्व. तारा सुब्बाको निधन भएपछि २०७६ सालमा भएको स्थानीय