उहिले न्याय नपाए गोरखा जानु भनिन्थ्यो । तर, त्यही गोरखाका तेलबहादुर घले भने न्याय माग्न माइतीघरमा धर्ना कसेको ८३ दिन भयो । धर्ना बसेको झण्डै तीन महिना हुनलाग्दा पनि उहाँसँग कसैले सम्पर्क, कुराकानी र भेटघाट गरेको छैन । तर, पनि उहाँ आफ्नो माग सम्बोधन हुनेमा ढुक्क हुनुहुन्छ र धर्ना छोड्नु भएको छैन ।
१९ बुँदामा समेटिएका आफ्ना कुराहरु लेखिएको ब्यानरमुनि उहाँ एक्लै धर्नामा बसिरहनुभएको छ । एक्लै भएका कारण कहिले सहकारीपीडितको आन्दोलनले त कहिले लघुवित्तको आन्दोलनले उहाँलाई बस्ने ठाउँ नै हुँदैन । त्यस्तो बेला उहाँ पारि सडक...