काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताउनुभएको छ ।
कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण तथा शुभकामना आदाप्रदानका लागि आज साेमवार ललितपुरमा भएको कार्यक्रममा देउवाले कुनै गुट नभनी न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गर्नुभयो । पार्टीका कसैलाई भेदभाव नगर्ने र सबैलाई मिलाएर लैजान इच्छा रहेको देउवाको भनाइ छ । उहाँले भन्नुभयाे, ‘हामी अहि...