हक्कानीको अमेरिकासँग आग्रह : रोक्का रकम फुकुवा गरिदेऊ

अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतःस्फूर्तरुपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ ।  हक्कानीले भने, “के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे ? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्क

सम्बन्धित सामग्री

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले  जानकारी दिए । उनका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रुपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो । पटक पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्ति/फर्म/संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । कोषले पत्राचार गरेको र कारणवस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र आफूले तिर्न बाँकी रकम बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिसअनुसार कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्ति/संस्था/फर्म/कम्पनीको बैंक खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले बताए ।

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड (Prabhu Insurance Limited)ले ६ दशमलव ७० प्रतिशत बोनस शेयर (Bonus Share) वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभा (AGM)बाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो ।  गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांशसमेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ ।  कम्पनीले लाभांश (Dividend) तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । फागुन ११ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा उक्त बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भैसकेको खण्डमा फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी (Paid up Capital) रू. १ अर्ब ३७ करोड ६१ लाख २२ हजार कायम भएको छ ।

रोक्का रकम फुकुवाका लागि हक्कानीको अमेरिकासँग आग्रह

हक्कानीले भने, 'के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्का गरेका छन् र निश्चित संख्यामा मानिसहरूको बदला लिएका छन्।'...

सेबोन अगाडी तिलक कोइरालाको अनसन सुरु, भन्छन् 'मेरो मृत्यु भए पनि ठूलो कुरो होइन'

पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आफ्नो पूर्व घोषणा अनुसार आज असार १ गतेबाट आमरण अनसन बसेका छन् । आज बिहान ११ बजेर ५१ मिनेटदेखि उनले खुमलटार स्थित नेपाल धितोपत्र  बोर्डको कार्यालय अगाडीको सडक मै अनसन थालेका हुन् । अनसन सुरु गर्दै उनले आफ्नो अनसन निर्णायक र अन्तिम लडाई भएको बताएका छन्। यो अनसन सफल हुने र अबदेखि लगानीकर्ताले आन्दोलन गरेर विश्वमा कहिँ नभएको जात्रा देखाउन नपर्ने र संघर्ष गर्न नपर्ने विश्वास उनले बिश्वास व्यक्त गरेका छन् ।आफुले अगाडी सारेका र सरकारले गर्छु भनेका माग पुरा नभएपछि अनसन जारी उनले उल्लेख गरेका छन् । आफु मधुमेहको औसधि सेवा गरिरहेको जनाउदै उनले अनसन बसेको केहि दिनमा शरीरमा ग्लुकोज मात्र कम भएर ढल्न पनि सक्ने बताएका छन् । त्यस्तौ उनले आफ्नो मृत्यु पनि हुन सक्ने तर त्यो ठूलो कुरा नभई आफ्ना माग पुरा भई %२ लाख लगानीकर्ताको लगानी सुरक्षित होस्, भावी पुस्ताको लगानीकर्ताले सुन्दर पुँजी बजार पाउन्, बजारमा विविध लगानीको औचार तथा उपकरण पाउनु ठूलो कुरा भएको बताए  ।  उनले अन्य लगानीकर्तालाई सामाजिक संजालमा खिसिट्युरी गरेर नबस्न आग्रह गर्दै लगानीकर्तालाई सडकमा उत्रिन आग्रह गरेका छन् । उनले अन्य लगानीकर्तालाई सडकमा आएर दबाब दिन आग्रह गर्दै आफुले अनसन सफल पारेरै छाड्ने र माग पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्। कोइरालाको अनसनलाई लगानीकर्ताका विभिन्न संघसंगठन साथ पनि छ ।  के के छन् माग ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।यो पनि : लगानीकर्ता अनसनको तयारीमा, धितोपत्र बोर्ड अध्यक्ष हमाल अमेरिकामा

वोमी लघुवित्तको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

केहि लगानीकर्ताले वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  को बोनस शेयर पाउन कर तिर्नु पर्ने भएको छ । २०७७/१२/०३ गतेदेखि २०७८/०८/२९ गतेसम्म शेयर खरिद गरि कायम भएका शेयरधनीले कम्पनीको १०औं वार्षिक साधारण सभाबाट पारित आ.व.२०७७/०७८ को २० प्रतिशत बोनस पाउन कर तिर्नु पर्ने भएको हो ।संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गरि कर बापतको रकम एकिन गरी कर तिर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले कुमारी बैंकमा रहेको KCL-WOMI TAX COLLECTION 2071/78 खाता नं. ०१३००९८४०७२०००३७ मा जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न अनुरोध गरेको छ। बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनी महानुभावहरुको बोनस शेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने कम्पनीले उल्लेख गरेको छ। हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस शेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अन्सुअर  बोनस शेयर बापत लाग्ने करको विवरण शेयर रजिष्ट्रारको Website: www.kumaricapital.com बाट प्राप्त गर्न सकिने छ।कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको थिएँन। एकिकृत कारोबारपछि शेयर खरिद गरेकाले आफै कर तिर्नु पर्ने भएको हो ।

निर्णय फिर्ता लिन याक एण्ड यती होटलको आग्रह

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यती होटलले कारबाहीको निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । क्यासिनो तथा होटल नवीकरण दस्तुरबापत ४२ करोड २५ लाख ६८ हजार रोयल्टी नतिरेको भन्दै पर्यटन विभागले बुधवार उक्त होटलको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको थियो । बिहीवार होटल व्यवस्थापनले पत्रकार सम्मेलन गर्दै विभागको उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै होटलका कर्पोरेट सल्लाहकार रमण कर्णले विभागले कुन कानूनका आधारमा होटल बन्द र सम्पत्ति रोक्का गरेको हो भन्दै प्रश्न गरे । सरकारको सो निर्णय फिर्ता नभए कानूनी उपचार खोजिने उनले बताए । २०७१ मै क्यासिनोको इजाजतपत्र खारेज भएपछि होटलको नाममा क्यासिनो नरहेको उनको दाबी छ । विभागले सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायत रकम होटलले नतिरेको भन्दै इजाजत र होटल स्तरको वर्गीकरण रद्द गरेको हो । पटकपटक पत्राचार गर्दा पनि रोयल्टी नबुझाएको भन्दै विभागले सूचनामार्फत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का गर्न अनुरोध गरेको थियो । यस्तै विभागले सोही पत्रमा बोधार्थ गर्दै नेपाल राष्ट्र बैंकलाई होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका खाता तथा वित्तीय कारोबार रोक्का गर्न अनुरोध गरेको छ ।

१८६ कम्पनी र फर्मको कारोबार रोक्का

वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ कम्पनी र फर्मको कारोबार रोक्का गर्ने निर्णय गरेको छ । वीरगञ्ज  भन्सार  कार्यालयका  प्रमुख  भन्सार  अधिकृत  हरिहर पौडेलले लामो समयदेखि कारोबार गर्दै आएका १८६ कम्पनी र फर्मलाई विभिन्न  मितिमा  लिखित  र  मौखिक  रूपमा  बेरुजु  रकम  दाखिला  गर्न आग्रह गर्दा पनि वास्ता नगरेकाले त्यस्ता कम्पनी र फर्महरूको कारोबार रोक्का  गरिएको  जनाए ।  कारोबार  रोक्का  भएपछि &nb...

कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, समयमा नतिरे कारोबार रोक्का !

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुलाई बार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले वार्षिक नवीकरण शुल्क बुझाउन बाँकि कम्पनीहरुलाई असोज मसान्तसम्म शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेले नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०७८/७९ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्त सम्म रहेकोले उक्त बार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुलाई शुल्क बुझाउन आग्रह गरेको हो ।चुक्ता पूँजी ५० करोड सम्म भएका कम्पनीले धितोपत्रको बार्षिक नवीकरण शुल्क ५० हजार बुझाउनु पर्ने छ भने ५० करोड भन्दा माथि चुक्ता पुंजी भएका कम्पनीले १ लाख शुल्क बुझाउनु पर्ने छ । त्यस्तै डिबेन्चर र सामुहिक लगानी कोषको हकमा ५० करोड सम्म आकार भए २५ हजार र सो भन्दा बढीको आकार भए ५० हजार शुल्क बुझाउनु पर्ने छ ।नेप्सेले आफ्नो खाता रहेको ग्लोवल आईएमइ बैंकमा रकम बुझाउन आग्रह गरेको हो । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने जनाएको छ ।

बक्यौता रकम भुक्तानी गर्न स्मार्ट टेलिकमलाई पुनः म्याद थप

साउन ४, काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न छ महीना म्याद थप गरेको हो ।            यसअघि असार मसान्तसम्म रकम भुक्तानी गर्न समय दिइएको उक्त कम्पनीलाई रकम भुक्तानी नगरी पुनः म्याद थप को आग्रह गरेको थियो । कम्पनीको आग्रह अनुसार आगामी पुस मसान्तसम्म रकम भुक्तानीको समय दिइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार ३० गते नै मन्त्रालयबाट छ महीना म्याद थपको पत्र प्राधिकरणमा आएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार म्याद थप पश्चात उक्त कम्पनीले प्रत्येक महीनाको प्रगति विवरण प्राधिकरणमा बुझाउनुपर्ने छ ।             कम्पनीले बुझाएको विवरणका आधारमा प्राधिकरणले आगामी कात्तिक मसान्तभित्र स्मार्ट टेलिकमको वित्तीय अवस्थाको विश्लेषण गरी मन्त्रालयमा बुझाउनुपर्नेछ । बक्यौता रकम भुक्तानी नगरेपछि गत चैतमा प्राधिकरणले सम्पत्ति रोक्का गर्न नापी र मालपोत कार्यालयलाई पत्राचारसमेत गरेको थियो ।            उक्त कम्पनीले विभिन्न शीर्षकमा सरकारलाई बुझाउनुपर्ने रकम चार वर्षदेखि भुक्तानी गरेको छैन । स्मार्टले विभिन्न शीर्षकमा असार मसान्तसम्म सरकारलाई बुझाउनुपर्ने रकम ६ अर्ब रुपैयाँभन्दा बढी रहेको पाइएको छ । जसमा फ्रिक्वेन्सी दस्तुरबापत स्मार्टले पहिलो किस्तामा ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ बुझाउनुपर्ने थियो । दोस्रो किस्तामा  ८३ करोड २३ लाख रुपैया, तेस्रो किस्तामा ७७ करोड ४० लाख रुपैया, चौथो किस्तामा ७१ करोड ५६ लाख रुपैया र पाँचौं किस्तामा ६५ करोड ७२ लाख रुपैया बुझाउनुपर्ने गरी प्राधिकरणले किस्ता निर्धारण गरेको थियो ।            पाँच किस्तामा स्मार्टले सरकारलाई ३ अर्ब ५७ करोड ८१ लाख रुपैया, लाइसेन्स नवीकरण दस्तुरको आठौं किस्ताबापत १ अर्ब २५ करोड रुपैया र समग्र बक्यौतामा ब्याज जोड्दा स्मार्टले तिर्नुपर्ने कुल रकम करीब ६ अर्ब रुपैया पुगिसकेको छ ।            लामो समयदेखि रकम भुक्तानी नगरेको जनाउँदै स्मार्टलगायतका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले २०७५ सालको माघ महीनामा रकम भुक्तानीको निर्देशन दिएको थियो । विभिन्न निकायबाट पटकपटक रकम भुक्तानीको निर्देशन दिए पनि स्मार्टले रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ । रासस