देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले  जानकारी दिए । उनका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रुपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो । पटक पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्ति/फर्म/संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । कोषले पत्राचार गरेको र कारणवस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र आफूले तिर्न बाँकी रकम बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिसअनुसार कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्ति/संस्था/फर्म/कम्पनीको बैंक खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले बताए ।

सम्बन्धित सामग्री

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्गलबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ ।

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह - NepaliPatra

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य […]