आँखुखोला-२ आयोजनामा ६०% लगानी गर्दै आँखुखोला जलविद्युत कम्पनी

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आँखुखोला-२ जलविद्युत आयोजनामा लगानी गर्दै छ । कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निणर्य गरेको हो । गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त आयोजनामा आँखुखोला जलविद्युत कम्पनीले ६० प्रतिशत लगानी गर्ने निणर्य गरेको छ ।  यस सम्बन्धमा आँखुखोला जलविद्युत कम्पनी र गणेश हिमाल हाइड्रोपावरबीच चैत २४ गते सम्झौता भएको छ । उक्त आयोजना २० मेगावाट क्षमताको हो । कम्पनीले आयोजनामा आवश्यक लगानीको स्रोत व्यवस्थापन गरी कम्तीमा ६० प्रतिशत लगानी गर्ने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

पहिलो त्रैमाससम्म आँखुखोला जलविद्युतले कमायो करीब ९७ करोड नाफा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म ९६ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष २ करोड ७३ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । कम्पनीको आम्दानी यस वर्ष घटेको छ । गत वर्ष ७ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ८५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २३ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले लिएको कर्जा तथा सापटी १ अर्ब २० करोड २६ लाख रुपैयाँभन्दा बढी छ । यो रकम गत वर्षको यस अवधिसम्म १ अर्ब २६ करोड २३ लाख रुपैयाँभन्दा बढी थियो । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७० रुपैयाँ ३३ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । अब कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी अभिलेख राख्ने, नामसरी गर्ने लगायतका सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् । कम्पनीले साउन १० देखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको जानकारी दिएको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

आँखुखोला जलविद्युतले १५० प्रतिशत मात्र हकप्रद विक्री गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत मात्र हकप्रद शेयर जारी गर्ने भएको छ । यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले विद्युत् नियमन आयोगको निर्देशनबमोजिम १५० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । यो निर्णय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्तावको रूपमा पेश गर्नेछ । साधारण सभाबाट पारित भई नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ ।  यसअघि वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत् विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।

आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निणर्य गरेको हो । कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव पहिलो चरणमा विद्युत् नियमन आयोगबाट स्वीकृति पाउनुपर्नेछ । त्यसपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनुपर्नेछ । २०० प्रतिशत हकप्रद शेयर विक्रीबाट प्राप्त हुने रू. १ अर्ब ६० करोडमध्ये रू. ९६ करोड रकम २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा स्वपूँजीको रूपमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । योबाहेक बाँकी रकम यस कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गर्ने निणर्य पनि कम्पनीले गरेको छ ।  कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८६ लाख ५२ हजारभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष कम नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा कम विद्युत विक्री आम्दानी भएकाले कम्पनीको नाफामा असर परेको देखिन्छ । गत वर्ष रू. १७ करोड ३७ लाखभन्दा बढीको विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १५ करोड ४५ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ४४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव २५ रहेको छ ।

लगानीकर्तालाई शेयर डिम्याट गराउन आँखुखोला जलविद्युत कम्पनीको आग्रह

आँखुखोला जलविद्युत कम्पनी Ankhu Khola Jalvidhyut Company ले शेयर डिम्याट नगराएका लगानीकर्तालाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले हालसम्म पनि शेयर डिम्याट नगराएका स्थानीय र संस्थापक शेयरधनीहरुलाई शेयर डिम्याट गराउन भनेको हो ।कम्पनीले शेयर डिम्याट नगराएका संस्थापक शेयरधनीलाई आफ्नो शेयर सर्टिफिकेट लिएर सिभिल क्यापिटलबाट नयाँ सर्किफिकेट लिई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरि डिआरएन बनाएर सहज रुपमा शेयर डिम्याट गराउन भनेको छ । त्यस्तै शेयर डिम्याट नगराएका आयोजना प्रभावित स्थानीयलाई आफ्नो सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्यसँग सम्पर्क गरि डिआरएन बनाएर सहज रुपमा शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ। कम्पनीको संस्थापक शेयर र आयोजना प्रभावित स्थानीयको शेयरको समेत लकिङ पिरियड सकिएर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार योग्य भईसकेको छ। आयोजना प्रभावित धादिङका स्थानीय र संस्थापकलाई शेयर बाँडफांड गरेको ३ वर्ष पुगेकोले लकिङ पिरियड सकिएको हो ।कम्पनीको ६० लाख कित्ता संस्थापक शेयर बाँडफाँडको भएको गत कार्तिक ११ गते ३ वर्ष पुगेकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भएको छ।  गत कार्तिक १४ गतेबाट यी शेयर नेप्सेमा कारोबार सुरु भएको हो। आयोजना प्रभावित स्थानीयलाई बाँडफाँड गरिएको शेयर गत असोज ५ गतेबाट नै कारोबार योग्य भईसकेका छन्  । स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर बाँडफांड गरिएकोमा असोज ४ गते ३ वर्ष पुरा भई असोज ५ गतेबाट ति शेयरको कारोबार खुला भएको हो ।

आँखुखोला हाइड्रोको लकिङ पिरियड सकियो, आजबाट ६० लाख कित्ता कारोबार योग्य

आँखुखोला जलविद्युत कम्पनी Ankhu Khola Jalvidhyut Company  को स्थानीय र संस्थापक शेयरको लकिङ पिरियड सकिएको छ। आयोजना प्रभावित धादिङका स्थानीय र संस्थापकलाई शेयर बाँडफांड गरेको ३ वर्ष पुगेकोले लकिङ पिरियड सकिएको हो ।कम्पनीको ६० लाख कित्ता संस्थापक शेयर बाँडफाँडको भएको कार्तिक ११ गते ३ वर्ष पुग्ने भएकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भएको छ। आज कार्तिक १४ गतेबाट यी शेयर नेप्सेमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ। आयोजना प्रभावित स्थानीयलाई बाँडफाँड गरिएको शेयर गत असोज ५ गतेबाट नै कारोबार योग्य भईसकेका छन्  । स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर बाँडफांड गरिएकोमा असोज ४ गते ३ वर्ष पुरा भई असोज ५ गतेबाट ति शेयरको कारोबार खुला भएको हो ।