राप्रपा अध्यक्ष कमल थापाले ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउन काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाएका छन् । उनले सत्ताकै लागि अपवित्र गठबन्धन र सांसद किनबेचको खेलले काँग्रेस पार्टीको भलो नहुने र प्रजातन्त्र नै विकृत हुने बताएका छन् ।
‘अपवित्र गठबन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार–अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ ’ काँग्रेस सभापति देउवालाई ट्वीटरमा मेन्सन गर्दै थापाले भनेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनि...