राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् । चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्ता स्वार्थका निम्ति एक ठाउँमा उभिने बाटो खुलेको बताएका छन् । ‘विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय हो। पार्टी फुटाएर, सांसद किनबेच गरेर, फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधा