काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो? भन्दै प्रश्न गरेका छन्।
आइतबार अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘के संविधानको धारा ७६(५) ले सांसदहरूलाई निदर्लीय बन्न छुट दिएको हो? दलीय अनुशासनविपरीत जाने स्वतन्त्रताा दिएको हो?’
क्षणिक स्वार्थले दलमा घात पुग्ने भन्दै उनले लेखेका छन्, ‘यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ। कुनै दल सुरक्षित रहन्न। क्षणिक स्वार्थ मा...