चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको ट्याक्स बढाएको हो । मन्त्रालयका अनुसार यस्तो ट्याक्स मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले बढाइएको छ । कु