उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए ।मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ