सहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् ।काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पुरा हुने चरणमा पनि छन् ।’सहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्