नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन&r