सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन् ।बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू बिदेसिनु नहुने बताएका हुन् । उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक […]