आइतबार मोरङको लेटाङमा भएको घटनामा घाइते भएका एक युवाले भाइको बर्थडे (जन्मदिन) मनाउनका लागि सामान किनेर फर्कंदै गर्दा एक्कासी गोली चल्दा आफूलाई गोली लागेको बताएका छन् । नोबेल अस्पतालमा उपचाररत लेटाङ–५ का २० वर्षीय मिलन खड्काले आफ्नो भाइको बर्थडेका लागि सामान किन्न गएको अवस्थामा आफूलाई गोली लागेको बताए । उनले भने, ‘एक्कासी गोली लाग्यो, बन्दुक पड्केको पनि थाहा भएन ।’उनको नोबेल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । उनका बुबा चन्द्रबहादुर खड्काले कान्छो छोरा चेतन खड्काको आइतबार