काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान उडीनेजेसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा मिलान उडीनेजेसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २९ औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १–१ को बराबरीमा ल्याएका थिए […]