सिडिओसहित १८ कर्मचारीलाई काेराेना, काठमाडौँ प्रशासनमा यी सेवा कटौती

कर्मचारीमा पनि कोभिड-१९को सङ्क्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज बुधबारबाट लागू हुने गरी सेवा सङ्कुचन गरेको हो । नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि

सम्बन्धित सामग्री

दाङ : तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिस नदिने निर्णय गरेको हाे । उपमहानगरपालिकाले नक्सा पास नगरि निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ । गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिनुभयो ।&n...

सर्वोच्चको सेवा कटौती लम्बियो

काठमाडौं, (नेस) । कोरोना संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौती थप १० दिन लम्ब्याएको छ । सर्वोच्चको अदालतको बुधबार बसेको पूर्ण बैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभएको छ । बुधबार सार्वजनिक बिदा परेकोले सो निर्णय आज बिहीबारदेखि लागु हुने […]

सर्वोच्च अदालतले थप १० दिन सेवा कटौती गर्ने

सर्वोच्च अदालतले सेवा कटौतीको निर्णयलाई थप १० दिन सेवा कटौती गर्ने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै अदालतले आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह गर्ने जनाएको छ।

अदालतहरूमा धमाधम सेवा कटौती

सर्वोच्च  अदालतसहित  उपत्यकाका अधिकांश अदालतले सेवा कटौती गरेका छन्  ।  कोभिड–१९  सङ्कट  बढ्दै  गएपछि  सर्वोच्च  अदालतको पूर्ण बैठकको निर्णयअनुसार सर्वोच्च र मातहतका अदालतहरूले सेवा कटौती गरेका हुन् । सर्वोच्चले  बुधबारदेखि  सेवा  कटौती  गरेको  छ । उच्च अदालत पाटन, विशेष अदालत र जिल्ला अदालत  काठमाडौँले  सेवा  स्थगित  गरेका  हुन्  ।  आन्तरिक  परिस्थिति  मूल्याङ्कन  गरेर  सेवासम्...

काठमाडौं जिल्ला अदालतको सेवा कटौती

काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले ६ माघ बिहीबारदेखि १८ माघ मंगलबारसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । ३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वोच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पनि १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो ।

काठमाडौंका सिडिओसहित १८ कर्मचारी संक्रमित, आजबाट यी सेवा कटौती

काठमाडौं, माघ ५ । कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ। नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको छ । त्यस्तै, राहदानी […]

विशेष अदालतमा सेवा कटौती

कारोना संक्रमण बढेपछि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा सुनुवाइ गर्दै आएको विशेष अदालतले आफ्ना नियमित सेवा कटौती गरेको छ । बिहीबारदेखि अदालतले आफ्ना सेवा कटौती गरेको हो । अदालतले आरोपपत्र÷अभियोगपत्र दर्ता, थुनछेक बयान र आदेश अनुसारको कार्य र म्याद थप मात्र गर्ने भएको छ ।  विशेषले हाललाई मुद्दाको पेसी, पेसी एवं साधारण तारेख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं वारिस अनुमतिलगायतका निवेदन पेसी, धरौटी फिर्ता र रोक्का फुकुवासम्बन्धी सेवा स्थगित गरेको छ । राजधानी दैनिकमा खबर छ ।

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ। सर्वोच्चको मंगलबार बसेको प्रधानन्यायाधीशसहितको पूर्ण बैठकले बैशाख पन्ध्रदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो। संक्रमण अवधिभर बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका रिट मात्र हेरिने सर्वाेच्चले जनाएको छ।रासस