काठमाण्डाै – कोरोना सङक्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ । सङक्रमणको जोखिम न्यूनीकरण गर्न अबका दुई हप्ता अर्थात् आउँदो १८ गतेसम्म सुनुवाइका कार्यहरू सीमित संख्यामा हुने भएका छन् ।सर्वोच्चले न्यायाधीश‚ मुख्य रजिस्ट्रार लगायत अहिलेसम्म ३१ जनामा कोरोनाको सङक्रमण देखिएकाले सुनुवाइका कार्यहरू व्यवस्थित ढंगले सीमित संख्यामा सञ्चालन गर्ने विज्ञप्तीमार्फत जनाएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रि...