काठमाडौंका सिडिओसहित १८ कर्मचारी संक्रमित, आजबाट यी सेवा कटौती

काठमाडौं, माघ ५ । कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ। नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको छ । त्यस्तै, राहदानी […]

सम्बन्धित सामग्री

आजबाट सर्वोच्च अदालतका सेवामा कटौती

काठमाडौँ। कोरोना भाइरसको संक्रमण बढेपछि आजबाट सर्वोच्च अदालतले सेवा कटौती गरेको छ। सर्वोच्च अदालतले बुधबारदेखि अत्यन्त जरुरी प्रकृतिका मुद्दावाहेकका अन्य सुनुवाइ नगर्ने भएको हो। बन्दी प्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट निवेदनसहितका सेवामात्रै सर्वोच्चले प्रदान गर्ने भएको हो।

काठमाडौं जिल्ला प्रशासन कोरोना मारमा : नागिरकता दिन रोकियो

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ । कर्मचारीलाई कोभिड संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।   “सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र...