सर्बियाली खेलाडी नोभाक जोकोविचले रुसी खेलाडी ड्यानिल मेदभेदेभलाई ७-५ ६-२ ६-२ को सोझो सेटमा हराएर अस्ट्रेलियन ओपन जितेका छन् । रड लेभर एरिनामा आइतवार सम्पन्न फाइनल खेलमा विजय प्राप्त गरेर जोकोविचले कीर्तिमान नवौंपटक अस्ट्रेलियन ओपन जितेका हुन् । यससँगै उनको ग्रान्ड स्ल्याम विजयको संख्या १८ पुगेको छ ।