दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो । भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए । शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए । यस अघि टस जिते