दुबईमा जारी टी–२० विश्वकपमा भारत पाकिस्तानसँग पराजित भएको छ । सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित दर्ता गराएको हो ।
गएराति सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा भेट्यो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेलेका हुन् ।
रिजवानले ५५ बलमा ७९ रन बनाए भने आजमले पनि ६८ रनको योगदान दिए । यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।