काठमाडौँ – कांग्रेस उपसभापतिमा निर्वाचित भएपछि कांग्रेस नेता पूर्णबहादुर खड्का सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका छन्। भट्टराईका अनुन्यायी रहेका खड्काले उपसभापतिमा निर्वाचित भएपछि बाडेगाउँ पुगेर भट्टराईको शालिकमा माल्यार्पण गरेका हुन्। भट्टराईका अनुन्यायी जीवनका महत्वपूर्ण क्षणमा भट्टराई आश्रम पुग्ने गर्छन्। उनले जीवनका सबै खालका सुखदुःखमा भट्टराई आश्रम पुग्ने आफ्नो नियमित कर्म अनुसार नै त्यहाँ पुगेको बताए। […]