विराटनगर : प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा हुने गरेको विराटनगरमा यस वर्ष पनि कोरोना कहरबीच रथयात्रा निकालिएको छ।मंगलबार राधाकृष्ण मन्दिरबाट निकालिएको परम्परागत रथयात्राले नगर परिक्रमा गरिएको थियो। दक्षिण एसियाकै ठूलामध्येको एक मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा विगतमा हजारौं भक्तजन सहभागी हुने गरेका थिए। तर, कोरोना महामारीका कारण गत वर्ष झैँ यो वर्ष पनि परम्परालाई निरन्तरता मात्र दिइएको रथयात्रा आयोजक समितिले जनाएको छ।विराटनगरको रथयात्रालाई प्रदेश १ को विषेश धार्मिक प