नेपाली लेखक सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष नवीनबहादुर श्रेष्ठले सिन्धुका सर्जक, स्रष्टा, लेखकलगायतका साहित्य क्षेत्रको उत्थानमा सङ्घ लागिरहेको बताउनुभएको छ ।
नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८०’ साहित्यकार डा। ईश्वरमणि अधिकारीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ कृतिलाई प्रदान गरिने भएको छ ।
विराटनगर, ३ चैत । साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ । सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर) र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन (भएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको […]
गण्डकी, २२ भदौ । बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखा परे । न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरको सभाकक्षमा उनीहरूले एकापसमा अनुभूतिमात्र साट्न्भएन सिर्जना पनि सुनाए । सुर्खेतदेखि कवि डा. महेन्द्रबहादुर मल्ल, गजलकार धीरेन अनुपम र पहल असीम पोखरा आएको मौका छोपेर नेपाली लेखक सङ्घ गण्डकीले काव्य साँझको चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा कवि […]
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् । नेपाली लेखक सङ्घ झापाले आज अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् । महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । “सफल नेता हुन समाजलाई मानवीय र […]
कवि ज्योति जङ्गल नवीनतम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ ।कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको भनाइ राखे । “सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शै
नेपाली लेखक सङ्घको हालै भएको सातौँ महाधिवेशनबाट तीर्थ श्रेष्ठ केन्द्रीय अध्यक्षमा चयन भएका छन् । नेपाली लेखक सङ्घ २००८ सालमा गठन भएको भनिन्छ तर यसको गतिविधि द्रुत गतिले अघि बढ्न सकेको छैन । सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव रहिसकेका श्रेष्ठ नेपाली लेखक सङ्घलाई कसरी अघि बढाउने योजनामा छन् ? कविको छवि बनाएका उनी के नेपाल प्रज्ञा प्रतिष्ठानमा जान ईच्छुक छन् ? लगायत विषयमा प्रस्तुत छ, रातोपाटीका लागि गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंशः नेपाली लेखक सङ्घले अहिले कस्ता कस्ता काम गरिरहेको छ
नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।