नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
काठमाडौँ, १८ पुस: नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ । सङ्घले व्यवस्थापन, प्रकाशन, […]
नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२ औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ ।सङ्घले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेल
प्रकाश थापामगर/काठमाडौँ ।।
प्रतिनिधि सभा विघटनको विरुद्धमा लेखक–कलाकारहरू सडकमा ओर्लिएका छन् ।
प्रगतिशील लेखक सङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ र जनसांस्कृतिक महासङ्घसम्बद्ध लेखक–कलाकारहरू २०७७ पुस २६ गते माइतीघर मण्डलामा ओर्लिएर विरोध व्यक्त गरेका हुन् ।
कार्यक्रमको सञ्चालन गर्दै प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहले प्रगतिशील लेखक–कलाकारहरूले खालि कविता, कथाजस्ता साहित्य लेख्ने मात्रै सीमित रहने होइन, परिस्थितिअनुसार सडकमै ओर्लिएर विरोध व्यक्त गर्ने गरेको बताउनुभयो ।
महासचिव सिंहले लेखक–कलाकारहरू परिस्थितिअनुसार कहिले कलमको मोर्चाबाट त कहिले सडकमै ओर्लिएर विरोध प्रदर्शन गर्ने परम्परानुसार अहिले ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको र आगामी दिनमा पनि यो सिलसिला यथावत रहने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रलेसका उपाध्यक्ष गोपीरमण उपाध्यायले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने घोषणा आफ्ना लागि अकल्पनीय भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेकाले प्रतिनिधि सभा नै विघटन गरिहाल्लान् भनेर आफूले नचिताएको बताउँदै त्यसको सशक्त विरोध आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी, प्रलेसका पूर्व केन्द्रीय सचिव पुण्य गौतमले पनि ओलीको जनविरोधी संसद विघटनका विरुद्ध लेखक–कलाकारहरू अग्रपङ्क्तिमा रहेर विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा कविता र गीतमार्फत पनि ओली सरकारको प्रतिगामी कदमको विरोध गरिएको थियो ।
त्यस क्रममा बम बानियाले ‘जोक्कर महाराज” शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भने केशव सिलवालले ‘छुच्चो बादशाह’ शीर्षकमा कविता सुनाउनुभएको थियो ।
एवम् प्रकारले चेतनाथ धमलाले ‘रामशाहपथको अज्ञात घरबाट’, चीनका लागि पूर्व राजदूत डा. महेश मास्केले ‘एक्काइसौँ शताब्दीको बादशाह र नयाँ लुगा’, बाबा बस्नेतले ‘जङ्गबहादुर’, पारस ढकालले ‘प्रतिगमन मुर्दावाद’ र भीमा गौतमले ‘आगोको रगत’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले ‘छोड छोड साम्राज्यवाद’ र जनगायक प्रदीप देवानले ‘रक्तक्रान्तिको’ शीर्षकको गीत गाउनुभएको थियो ।