साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
२७ माघ, पोखरा । चोटिला मुक्तक र प्रभावशाली गजल लेखनमा जमेका दीपक समीप ‘नदीको राजमार्ग’ हुँदै फेरि पोखरेली साहित्य पारखीमाझ उपस्थित भएका छन् । ५० को दशकमै राष्ट्रिय लघुकथा पुरस्कार जितेका साहित्यकार दीपकले ३ दशकपछि लघुकथा प्रकाशन गरेर पोखराबाट नेपाली साहित्यमा अर्को इटा थपेका हुन् । गत माघ १३ गते काठमाडौंमा विमोचन भएको समीपको लघुकथा […]
समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । १५७औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ११ गते सो पुरस्कार प्रदान गरिने गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए ।सन्ध्याका पूर्वअध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, वसन्त विनोद र त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिले गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गजल सन्ध्याले जनाएको छ । स्याङ्ज