कांग्रेस नेता तथा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै एमालेले वैकल्पिक कसरत थालेपछि कोशी सरकार अस्थिरतातर्फ धकेलिने देखिएको छ । मुख्यमन्त्री कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादीले सोमबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा वैकल्पिक सरकार गठनको प्रयास थालेको हो ।