जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, सोही गाउँपालिका २ की ५७ वर्षीया आइती तिरुवा, ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाही, ८ वर्षीय धनवहादुर विक र अन्य ४ जना बालबालिका रहेका छन्।