इलाम : विगत लामो समयदेखि आन्दोलनरत इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) मा हर्टिकल्चर (बागवानी) अध्ययनरत विद्यार्थीको माग सुनवाइ भएको छ। लोकसेवा आयोगले लिने कृषिका परीक्षामा सहभागी हुन पाउनुपर्ने विद्यार्थीहरूको माग त्रिभुवन विश्वविद्यालय विद्यापरिषद् बैठकबाट पूरा भएको हो।अब हर्टिकल्चरका विद्यार्थीहरुले पाँचवटा विषयमा लोकसेवा परीक्षा दिन पाउने भएका छन्। हर्टिकल्चरमा स्नातक विद्यार्थीलाई हर्टिकल्चरसहित माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बाली विज्ञानमा प्रतिस्पर्धा गर्न दिने निर्णय ग