१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । […]