महिला एक सय मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।  कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् । हिट चरणमा लुम्बिनीकी...

सम्बन्धित सामग्री

राष्ट्रिय भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान

२७ पुस, काठमाडौं । जुनुमाया छन्त्याल र विद्या राईले २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा बिहीबार भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ […]

भारोत्तोलनमा जुनमायाको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबबी जुनमाया छन्त्यालले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ७१ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा आफ्नै कीर्तिमान भंग गरेर स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ७८ केजी भार बहन […]

एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।  आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।

एथलेटिक्सको १०० मिटर दौडमा लुम्बिनीकी निशा चौधरीले बनाइन् राष्ट्रिय कीर्तिमान

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।

हर्डल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ – नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग […]

जुनुमाया र सन्जुको राष्ट्रिय कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्जु चौधरीले सिनियर महिला ५९ केजी तौल समूहमा आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान सुधार गरिन्।...

गौरिका सिंहले टोकियो ओलपम्पिकमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र […]

टोकियो ओलम्पिकः गौरिकाले तोडिने आफ्नै राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन्। आज सम्पन्न महिला १०० मिटर फ्रीस्टाइलको हिट–१ मा गौरिकाले १ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्। प्रतिस्पर्धामा गौरिकाले २०१९ मा सम्पन्न १८औं विश्व च्याम्पियनसिपमा एक मिनेट ००.६२ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। तथापी गौरिका हिट चरणबाटै बाहिरिन्। ५२ खेलाडीमध्ये गौरिका ५१औं स्थानमा रहिन्।

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडे । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशि

टोकियो ओलम्पिकः सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिकमा सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा नेपालको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा कुल ६१६.८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। कल्पनाले १३ औं सागमा आफैंले बनाएका ६१४.५ अंकको कीर्तिमान तोडेकी हुन्। तथापी उनी अघिल्लो चरण प्रवेश गर्न सकिनन्। ५० खेलाडी सहभागी छनोट चरणमा कल्पना ४६औं स्थानमा रहिन्।