आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७…

सम्बन्धित सामग्री

भारोत्तोलनमा विशालसिंहको तीन राष्ट्रिय कीर्तिमान

विशालसिंह विष्टले क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे।...

एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद)– धावक दीपक अधिकारीले चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान राखेका छन् । शनिबार भएको प्रतिस्पर्धामा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । १६ जनाले प्रतिस्पर्धा गरेको एसियाडमा दीपकले सातौं स्थान प्राप्त गरेका थिए । दीपकले आफ्नै […] The post एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान first appeared on हाम्रो खेलकुद.

एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।  आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।

निशा चौधरीले बनाईन एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमान

लुम्बिनी प्रदेशकी निशा चौधरीले एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चौधरीले एथ्लेटिक्सतर्फ १०० मिटर हिट चरणमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । शनिबार पोखरा रंगशालामा...

हर्डल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ – नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग […]

भारोत्तोलनमा गणेशको राष्ट्रिय कीर्तिमान

नेपाल प्रहरीका गणेश रानाभाटले २४औँ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राखेका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एन्ड जर्कमा १०१ केजी भार वहन गर्दै कीर्तिमान...

ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा […]

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उनले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइ

गौरिका सिंहले टोकियो ओलपम्पिकमा तोडिन् आफ्नै राष्ट्रिय कीर्तिमान

नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र […]

ओलम्पिकमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औं गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह ‘एलेक्स’ले पुरुष १०० मिटर फ्रीस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । टोकियोको एक्वेटिक सेन्टरमा मंगलवार भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनल...