नवौं खेलकुद : पौडीमा आज ७ राष्ट्रिय कीर्तिमान, आर्मीलाई ६ स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सोमबार त्रिभुवन आर्मी क्लबले सोमबार मात्र ६ स्वर्ण जितेको छ । पोखराको फिस्टेल एकेडेमीमा भएका ९ स्पर्धामा आर्मीले ६ स्वर्ण जितेको हो । सोमबार मात्र प्रतियोगितामा  ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमान बनाए । नासिरले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले आफ्नै नामको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।यस स्