मधेस प्रदेशका जेष्ठ सदस्य न्यौपानेले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरसहित)

जनकपुरधाम- मधेस प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेलाई शपथ खुवाएका हुन्। अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्।  

सम्बन्धित सामग्री

मधेश प्रदेशसभा सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ- मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् । मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वोच्च अदालतको आदेशअनुसार शपथ लिन पाएनन् ।

मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

१५ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर […]

गण्डकी प्रदेशका सांसदले लिए सपथ

काठमाडाैं । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ ग्रहण गराउनु भएकाे हाे । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै बस्याललाई शपथ ग्रहण गराउनु भएकाे थियाे । शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय पोसाक वा जातीय पहिचान झल्किने पोसाकमा […]

गण्डकीका सांसदले लिए सपथ

गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ गराएका हुन् ।   प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै बस्याललाई शपथ ग्रहण गराएका थिए ।शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय पोसाक वा जातीय पहिचान झल्किने पोसाकमा उपस्थित भएका छन् । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्

वाग्मती प्रदेशका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

हेटौंडा : वाग्मती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा ढुंगानाले प्रदेश प्रमुख शर्माबाट बुधवार सभामुखको पद तथा गोपनीयताको शपथ लिएका हुन्। ढुंगाना नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुन्। नुवाकोट जिल्लाको क्षेत्र नं–२ को (१) बाट निर्वाचित उनी…

गण्डकीका जेष्ठ सदस्य बस्यालले लिए शपथ

गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् ।  प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले  प्रदेश प्रमुख गुरूङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित  सांसद हुन्। उनको जन्म वि.सं २०१४ भदौ  ५ गते पर्वतमा भएको हो ।  प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ  सोहिअनुरुप गुरूङले समक्ष शपथ लिएका हुन् ।

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको थियो । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ गराउनुभएको हो । उहाँ सभामुख र […]

कर्णालीका सांसदहरुले लिए शपथ

११ पुस, सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् […]

कर्णालीका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ (तस्बिरहरु)

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । उनी सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर   अध्यक्षता ग्रहण गर्ने छन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, तस्बिरमा हेरौं

प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नव निर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् ।नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । तस्बिर : कृष्ण खड्का/सुवास श्रेष्ठ/रातोपाटी