गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले प्रदेश प्रमुख गुरूङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित सांसद हुन्। उनको जन्म वि.सं २०१४ भदौ ५ गते पर्वतमा भएको हो । प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ सोहिअनुरुप गुरूङले समक्ष शपथ लिएका हुन् ।