प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नव निर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् ।नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । तस्बिर : कृष्ण खड्का/सुवास श्रेष्ठ/रातोपाटी