काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणको पक्षमा उभिएका छन्।पार्टीको केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै विश्वकर्माले सर्वोच्चमा विचाराधीन विषयमा केन्द्रीय समितिले कुनै निर्णय गर्ने अधिकार नभएको बताए। उनले खाँण पक्राउ पर्दा संस्थापन इतर पक्षले गृहमन्त्रीलाई धन्यवाद दिन गएको प्रति पनि कटाक्ष गरे। ‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौं कि थपक्क लगेर थानामा बुझाउँ