काठमाडौं : राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको आरोप लगाएका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले यस्तो अपराध संसारका कुनै तानाशाहले पनि नगर्ने बताए। 'एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो।’ बिडारीले भने, ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन। किनभने प्रतिनिधिसभा जनताको सभा हो।’&n