मिटर ब्याजको अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाइने

सरकारले वित्तीय अपराध, मिटर ब्याजी, साइबर अपराध लगायतका अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यी अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको हो । नीति तथा कार्यक्रमको बुँदा नम्बर १३१ मा सरकारले अपराध न्यूनिकरणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने उल्लेख गरेको छ । सरकारको प्राथमिकतामा यसअघि पर्न नसकेको मिटर ब्याजको अपराध, साइबर अपराध, वित्तीय अपराध लगायतका केही अपराधलाई नियन्त्रण गर्न नीति

सम्बन्धित सामग्री

अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढ्दो, सचेत रहन प्रहरीको आग्रह

काठमाण्डाै - पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढेका प्रहरीले जनाएको छ । ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको छ । पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाण्डौमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ । यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा स...