राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

फागुन १५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले भर्खरै निष्कासन गरेको आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । कम्पनीले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ निष्कासन गरेर फागुन १२ गते बाँडफाँट गरेको हो । कम्पनीले ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।  कम्पनीको आईपीओ खरीदका लागि २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । यी मध्ये ५ हजार ८५९ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य २५ लाख ७९ हजार ४०२ जना आवेदकहरुलाई बँडफाँट कार्यक्रममा सहभागी गराईएको थियो ।  कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिसकेको छ । यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात् चुक्तापूँजी रू. २६ करोड पुगेको छ ।  

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला त ओपन रेञ्ज ?

फागुन १५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि नेप्सेबाट रू. १६७ दशमलव ४३ देखि रू. ५०२ दशलमव २९ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को वास्तविक नेटवर्थ रू. १६७ दशमलव ४३ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त रेञ्ज पाउनेछ । कम्पनीले आईपीओको बाँडफाँट फागुन १२ गते गरेको हो । ७९ हजार ४५० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर फागुन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्ये ४२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि १३ हजार कित्ता शेयर कर्मचारीहरुको लागि र बाँकी रहेको ७ लाख ९४ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । यसैबीच कम्पनीले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने छ ।  कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू.२६ करोड छ । हाल रू.१७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात् चुक्तापूँजी रू. २६ करोड पुगेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार ३ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट गर्दा लक्की नम्बर ६ परेको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जनाको आवेदन परेकोमा ५ हजार ८५९ […]

दोस्रो दिनसम्म राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा साढे २३ गुणा बढी आवेदन

फागुन ५, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म मागभन्दा २३ दशमलव ५१ गुणा बढी आवेदन परेको छ । दोस्रो दिन बिहीवार साँझ ५ बजेसम्म १५ लाख ८४ हजार ९५९ जना आवेदकबाट १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८१ हजार ४८० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणलाई छुट्याएको शेयरको २३ दशमलव ५१ गुणा बढी माग हो । कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसाधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हालसम्मको वित्तीय अवस्था हेर्दा लगानीकर्तालाई प्रतिफल दिनसक्ने प्रशस्त आधार भएको भन्दै निष्कासन गरेको आईपीओमा सबैलाई ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ प्रदान गरेको छ ।

पहिलो दिनमै राष्ट्र उत्थान लघुवित्तको आईपीओमा मागभन्दा १७.७२ गुणा बढी आवेदन

फागुन ४, काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १७ दशमलव ७२ गुणा बढी आवेदन परेको छ ।  पहिलो दिन साँझ ६ बजेसम्म ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणलाई छुट्याएको शेयरको १७ दशमलव ७२ गुणा बढी माग हो । कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।  यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हालसम्मको वित्तीय अवस्था हेर्दा लगानीकर्तालाई प्रतिफल दिनसक्ने प्रशस्त आधार भएको भन्दै निष्कासन गरेको आईपीओमा सबैलाई ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ प्रदान गरेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

फागुन ४, काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडले (आज) बुधवारदेखि सर्वसाधारणमा आईपीओ निस्कासन गरेको छ ।  कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसाधारण शेयर १०० रुपैयाँ अंकितदरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हालसम्मको वित्तीय अवस्था हेदा लगानीकर्तालाई प्रतिफल दिनसक्ने प्रशस्त आधार भएको भन्दै निष्कासन गरेको आईपीओमा सबैलाई ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।  आईपीओमार्फत प्राप्त हुने रकम कम्पनीले कृषि, पशुपालन तथा व्यवसायिक कृषिमा ७०० जना ग्राहलाई औसत १ लाखका दरले ७ करोड रुपैयाँ कर्जा प्रवाह गर्नेछ । सेवा व्यवसायमा १०० जना ग्राहलाई औसत १ लाख रुपैयाँका दरले १ करोड कर्जा प्रवाह गर्ने छ भने ७ ओटा कार्यलयमा फर्निचर, कार्यालय सञ्चालन खर्च र कर्मचारीको तलब भत्ताको लागि २९ करोड रुपैयाँ खर्च गर्ने छ ।  कम्पनीको परिचय : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५ असोज १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस कम्पनीले २०७५ माघ १६ गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा रष्ट्रियस्तरको कार्यक्षेत्र रहने गरी वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी २०७५ फागुन ८ गतेदेखि औपचारिक रुपमा वित्तीय कारोबार शुुभारम्भ गरेको हो ।  यस लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका वा विपन्न वर्गका लक्षित ग्राहक सदस्यहरुलाई लघुकर्जा प्रवाह गर्दै आएको छ । यस कम्पनीका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, श्ैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुुभवी प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । हाल यो संस्थाले ३९ जिल्लामा ९५ ओटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीको पूँजीको अवस्था : यस कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २६ करोड रुपैयाँ छ । तत्काल चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेकोमा यस आईपीओमार्फत सर्वसाधारणलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन पश्चात् कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।  आईपीओ निष्कासन पश्चात् कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ६७ दशमलव ३१ प्रतिशत हुने छ भने कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा ३२ दशमलव ६९ प्रतिशत हुनेछ । यस संस्थामा नेपाल ग्रामीण विकास संस्थाको शेयर स्वमित्व ७ लाख ५० हजार कित्ता रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ३ लाख कित्ता रहेको छ ।  कम्पनीको सञ्चालक र उच्च व्यवस्थापन समिति : हाल कम्पनीको संचालक समितिको अध्यक्षमा प्रल्हाद मान माली छन् भने अन्य सञ्चालकमा रिता सापकोटा, प्रभु बैंकको तर्फबाट चिरञ्जीवी वि.सी., ग्रामिण विकास संस्थको तर्फबाट प्रदीप कुमार तिमिलसिना र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट विमल डंगोल रहेका छन् । त्यस्तै कम्पनीमा सुधिर प्रसाद लोहनी कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । कम्पनीमा जया लोहनी नायव कार्यकारी निर्देशको रुपमा कार्यरत छिन् भने सहायक कार्यकारी निर्देशक तथा कम्पनी सचिवको रुपमा जगन्थाथ कुँइकेल कार्यरत छन् ।  कम्पनीको वित्तीय अवस्था : कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ९२ पैसा छ भने प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ४३ पैसा छ ।  सो अवधिमा संचित नाफा पनि वृद्धि हुँदै गएको बताइएको छ । संचित नाफा बढ्दै गएकाले पनि लागनीकर्तालाई प्रतिफल बाढ्ने आधार बलियो भएको कम्पनीको दावी छ ।   कम्पनीको प्रक्षेपित तथ्यांक अनुसार अर्थिक वर्ष २०८०/८१ सम्म प्रति शेयर आम्दानी १०४ रुपैयाँ ४ पैसा हुने छ भने प्रति शेयर नेट्वर्थ ३४७ रुपैयाँ हुनेछ । कम्पनीको खराब कर्जा न्यून भएता पनि यसलाई अझै सुधार गर्दै लैजाने कम्पनीको लक्ष्य छ ।  कम्पनीको आईपीओलाइ ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्रा आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । पहिलो कारोबारका लागि मूल्य रेञ्ज :  कम्पनीले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रूपैयाँ २९ पैसासम्मको मूल्य रेञ्ज पाउँनेछ । नेप्सेले नयाँ कम्पनीहरुको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा उल्लेखित मूल्य रेञ्ज पाउने देखिएको हो ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

पुस २०, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २६ करोड पुग्नेछ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । त्यसैगरी सोही अवधिमा कम्पनीले रू. २ अर्ब २ करोड २ करोड ६१ लाख सापटी लिएर रू. ६७ करोड ८२ लाख र निक्षेप संकलन गरेर रू. २ अर्ब ७९ करोड ११ लाखभन्दा बढी कर्जा लगानी गरेको छ ।                                              स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको पहिलो त्रैमासिक विवरण

आईपिओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको साधारणसभा आह्वान

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १५ गते काभ्रेको साँगा स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब लगायतका सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य उपयुक्त स्नास्थासँग गाभ्ने, गाभिने, प्राप्ति गर्ने लगायतका कार्यको लागि आवश्यक निर्णय र कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा कुनै लघुवित्तको संस्था खरीद गर्नु परे वा अफ्नो शाखा बिक्रि गर्नु परे त्यस समबन्धि  निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले यस अघि नै आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने  प्रभु क्यापिटललाई अन्डरराइटर नियुक्त गरेको छ।राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको छ  । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २६ करोड पुग्ने छ  । लघुवित्तमा नेपाल ग्रामिण विकास संस्था, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको समेत लगानी छ  ।

आईपीओ जारी गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा ८१७% बढ्यो

कात्तिक १६, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजारकित्ता सेयर […]