राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार ३ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट गर्दा लक्की नम्बर ६ परेको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जनाको आवेदन परेकोमा ५ हजार ८५९ […]

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला त ओपन रेञ्ज ?

फागुन १५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि नेप्सेबाट रू. १६७ दशमलव ४३ देखि रू. ५०२ दशलमव २९ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को वास्तविक नेटवर्थ रू. १६७ दशमलव ४३ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त रेञ्ज पाउनेछ । कम्पनीले आईपीओको बाँडफाँट फागुन १२ गते गरेको हो । ७९ हजार ४५० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर फागुन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्ये ४२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि १३ हजार कित्ता शेयर कर्मचारीहरुको लागि र बाँकी रहेको ७ लाख ९४ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । यसैबीच कम्पनीले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने छ ।  कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू.२६ करोड छ । हाल रू.१७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात् चुक्तापूँजी रू. २६ करोड पुगेको छ ।

राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

फागुन १५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले भर्खरै निष्कासन गरेको आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । कम्पनीले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ निष्कासन गरेर फागुन १२ गते बाँडफाँट गरेको हो । कम्पनीले ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो ।  कम्पनीको आईपीओ खरीदका लागि २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । यी मध्ये ५ हजार ८५९ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य २५ लाख ७९ हजार ४०२ जना आवेदकहरुलाई बँडफाँट कार्यक्रममा सहभागी गराईएको थियो ।  कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरिसकेको छ । यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात् चुक्तापूँजी रू. २६ करोड पुगेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट भएको छ ।लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो । लघुवित्तको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जना आवेदकबाट २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरको […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाख ५ हजार जना आवेदकको हात खाली

काठमाण्डाै – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहीवार आईपीओ बाँडफाँट गरेको हो ।  आईपीओमा २५ लाख ८५ हजार दुई सय ६१ जनाले आवेदन दिएकोमा पाँच हजार आठ सय ५९ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदकको सङ्ख्या २५ लाख ७९ हजार चार सय दुई जनामध्ये गोलाप्रथाबाट ७९ हजार चार सय ५० जनाले १० कित्ताको दरले पाएका छन् । यस्तै २५ लाख पाँच हजार आठ सय ११ जना आवेदकको हात खाली भएको छ । लघुवित्तले आठ लाख ५० हजार कित्ता आईपी...

राष्ट्र उत्थानको आईपीओ बाँडफाँट, २५ लाखभन्दा धेरैको हात खाली

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा २५ लाखभन्दा धेरैको हात खाली भएको छ । आज भएको बाँडफाँडमा आवेदक मध्ये ७९ हजार ४५० जना मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् । राष्ट्र उत्थानको आईपीओमा २५ लाख ७९ हजार ४ सय २ जनाको आवेदन परेको थियो । जसमा ७९ […]

राष्ट्र उत्थानको आईपीओ बाँडफाँड, २५ लाख ५ हजारको हात खाली

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म जारी गरेको ८ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८ लाख ५० हजार कित्ता सेयर बिहीबार बाँडफाँड भएको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बिहीबार गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँडमा ७९ हजार ४५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २५ लाख ५ हजार ८११ जना आवेदकहरुको हात खालि भएको छ ।एनआईबीएल एस क्यापिटलका अनुसार सेयर निष्काशनको अन्तिम दिनसम्म कुल २५ लाख ८५ हजार २६