आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

पुस २०, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २६ करोड पुग्नेछ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । त्यसैगरी सोही अवधिमा कम्पनीले रू. २ अर्ब २ करोड २ करोड ६१ लाख सापटी लिएर रू. ६७ करोड ८२ लाख र निक्षेप संकलन गरेर रू. २ अर्ब ७९ करोड ११ लाखभन्दा बढी कर्जा लगानी गरेको छ ।                                              स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको पहिलो त्रैमासिक विवरण

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्ममा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।   नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४०५ र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य रू.१ हजार ७५६ दशलमव १० पुगेको छ । ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) निष्कासन भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई […]

आईपीओ निष्कासन गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ – काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले आव २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ। संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ […]

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि साढे आठ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले साधारण […]

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो

साउन १३, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ४ करोड ९५ लाख ६९ हजार पुर्‍याएको छ । गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले कम्पनीको  नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।  कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल कयापिटललाई नियुक्त गरेको छ । हालसम्ममा कम्पनीले ३६ ओटा जिल्लामा ८५ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।   चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको कम्पनीले जगेडामा रू. १२ करोड ३ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब १५ करोड ७६ लाख सापटि लिएर रू. ६४ करोड ६ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ५८ करोड ५५ लाख कर्जा लगानी गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने १ दशमलव २१ प्रतिशत रहेको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

असार २५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।  उक्त आईपीओलाई इक्रा नेपाले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल कयापिटललाई नियुक्त गरेको छ । हालसम्ममा कम्पनीले ३६ ओटा जिल्लामा ८५ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ३ गुणा अर्थात् २३८ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ९६ लाख ५५ हजार खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.३ करोड २६ लाख पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । त्यसैगरी, सोही अवधिमा कम्पनीले रू. ११ लाख ९३ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले पनि नाफामा बढ्नमा टेवा पुगेको हो ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ७९ प्रतिशत र सञ्चालन नाफा ३७१ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १० करोड ३८ लाख ९२ हजार सञ्चित गरेको छ ।