राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

फागुन ४, काठमाडौं । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडले (आज) बुधवारदेखि सर्वसाधारणमा आईपीओ निस्कासन गरेको छ ।  कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसाधारण शेयर १०० रुपैयाँ अंकितदरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।  जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हालसम्मको वित्तीय अवस्था हेदा लगानीकर्तालाई प्रतिफल दिनसक्ने प्रशस्त आधार भएको भन्दै निष्कासन गरेको आईपीओमा सबैलाई ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।  आईपीओमार्फत प्राप्त हुने रकम कम्पनीले कृषि, पशुपालन तथा व्यवसायिक कृषिमा ७०० जना ग्राहलाई औसत १ लाखका दरले ७ करोड रुपैयाँ कर्जा प्रवाह गर्नेछ । सेवा व्यवसायमा १०० जना ग्राहलाई औसत १ लाख रुपैयाँका दरले १ करोड कर्जा प्रवाह गर्ने छ भने ७ ओटा कार्यलयमा फर्निचर, कार्यालय सञ्चालन खर्च र कर्मचारीको तलब भत्ताको लागि २९ करोड रुपैयाँ खर्च गर्ने छ ।  कम्पनीको परिचय : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५ असोज १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । यस कम्पनीले २०७५ माघ १६ गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा रष्ट्रियस्तरको कार्यक्षेत्र रहने गरी वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी २०७५ फागुन ८ गतेदेखि औपचारिक रुपमा वित्तीय कारोबार शुुभारम्भ गरेको हो ।  यस लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका वा विपन्न वर्गका लक्षित ग्राहक सदस्यहरुलाई लघुकर्जा प्रवाह गर्दै आएको छ । यस कम्पनीका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, श्ैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुुभवी प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । हाल यो संस्थाले ३९ जिल्लामा ९५ ओटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीको पूँजीको अवस्था : यस कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २६ करोड रुपैयाँ छ । तत्काल चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेकोमा यस आईपीओमार्फत सर्वसाधारणलाई ८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्कासन पश्चात् कम्पनीको चुक्तापूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।  आईपीओ निष्कासन पश्चात् कम्पनीमा संस्थापक शेयरधनीहरुको हिस्सा ६७ दशमलव ३१ प्रतिशत हुने छ भने कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा ३२ दशमलव ६९ प्रतिशत हुनेछ । यस संस्थामा नेपाल ग्रामीण विकास संस्थाको शेयर स्वमित्व ७ लाख ५० हजार कित्ता रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ३ लाख कित्ता रहेको छ ।  कम्पनीको सञ्चालक र उच्च व्यवस्थापन समिति : हाल कम्पनीको संचालक समितिको अध्यक्षमा प्रल्हाद मान माली छन् भने अन्य सञ्चालकमा रिता सापकोटा, प्रभु बैंकको तर्फबाट चिरञ्जीवी वि.सी., ग्रामिण विकास संस्थको तर्फबाट प्रदीप कुमार तिमिलसिना र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट विमल डंगोल रहेका छन् । त्यस्तै कम्पनीमा सुधिर प्रसाद लोहनी कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । कम्पनीमा जया लोहनी नायव कार्यकारी निर्देशको रुपमा कार्यरत छिन् भने सहायक कार्यकारी निर्देशक तथा कम्पनी सचिवको रुपमा जगन्थाथ कुँइकेल कार्यरत छन् ।  कम्पनीको वित्तीय अवस्था : कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ९२ पैसा छ भने प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ४३ पैसा छ ।  सो अवधिमा संचित नाफा पनि वृद्धि हुँदै गएको बताइएको छ । संचित नाफा बढ्दै गएकाले पनि लागनीकर्तालाई प्रतिफल बाढ्ने आधार बलियो भएको कम्पनीको दावी छ ।   कम्पनीको प्रक्षेपित तथ्यांक अनुसार अर्थिक वर्ष २०८०/८१ सम्म प्रति शेयर आम्दानी १०४ रुपैयाँ ४ पैसा हुने छ भने प्रति शेयर नेट्वर्थ ३४७ रुपैयाँ हुनेछ । कम्पनीको खराब कर्जा न्यून भएता पनि यसलाई अझै सुधार गर्दै लैजाने कम्पनीको लक्ष्य छ ।  कम्पनीको आईपीओलाइ ईक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्रा आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । पहिलो कारोबारका लागि मूल्य रेञ्ज :  कम्पनीले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रूपैयाँ २९ पैसासम्मको मूल्य रेञ्ज पाउँनेछ । नेप्सेले नयाँ कम्पनीहरुको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा उल्लेखित मूल्य रेञ्ज पाउने देखिएको हो ।

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको २६ लाख कित्ता नेप्सेमा सूचीकृत

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ‘आरयूएलबी’ कारोबार संकेत दिएको छ । यस्तै, कम्पनीको सेयरले सुरुवाती कारोबार मूल्य न्यूनतम १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ पाएको छ । यसको अर्थ, कम्पनीको पहिलो कारोबार यही न्यूनतम र अधिकतम मूल्यसूची भित्र रहेर आइतबारदेखि कारोबार हुने छ ।१७ लाख ५० हजार कित्ता

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट भएको छ ।लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो । लघुवित्तको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जना आवेदकबाट २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरको […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।  आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।  माग भन्दा बढीको आवेदन परेकोले...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार ३ बजे आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट गर्दा लक्की नम्बर ६ परेको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २६१ जनाको आवेदन परेकोमा ५ हजार ८५९ […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि आईपीओ बिक्री खुला गरेको छ ।लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । कुल सार्वजनिक […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो। कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। त्यस्तै, १३

राष्ट्र उत्थान लघुवित्तले आईपीओ जारी गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओको बिक्री खुला गर्ने लागेको हो ।कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट […]

आईपीओ निष्कासन गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ – काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले आव २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ। संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ […]

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि साढे आठ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले साधारण […]