राष्ट्र उत्थान लघुवित्तको आईपीओले कति पाउला त ओपन रेञ्ज ?

फागुन १५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि नेप्सेबाट रू. १६७ दशमलव ४३ देखि रू. ५०२ दशलमव २९ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को वास्तविक नेटवर्थ रू. १६७ दशमलव ४३ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त रेञ्ज पाउनेछ । कम्पनीले आईपीओको बाँडफाँट फागुन १२ गते गरेको हो । ७९ हजार ४५० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर फागुन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्ये ४२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि १३ हजार कित्ता शेयर कर्मचारीहरुको लागि र बाँकी रहेको ७ लाख ९४ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । यसैबीच कम्पनीले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीले आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।  शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने छ ।  कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू.२६ करोड छ । हाल रू.१७ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात् चुक्तापूँजी रू. २६ करोड पुगेको छ ।  

सम्बन्धित सामग्री

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९६ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २७७ दशमलव ३० कायम भएको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

राष्ट्र उत्थान लघुवित्त  र इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको डेढ घण्टाको अवधिमा दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७४५ र इमर्जिङ्ग नेपालको रू. ६९१ दशमलव ६० पुगेको हो ।ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । इमर्जिङ्ग नेपालको शेयरमा मार्केट डेप्थमा हेर्दा सबैभन्दा बढी ४ लाख ४६ हजार ८९४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । त्यसैगरी नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमा १ लाख ३३ हजार ८२४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तको २६ लाख कित्ता नेप्सेमा सूचीकृत

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ‘आरयूएलबी’ कारोबार संकेत दिएको छ । यस्तै, कम्पनीको सेयरले सुरुवाती कारोबार मूल्य न्यूनतम १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ पाएको छ । यसको अर्थ, कम्पनीको पहिलो कारोबार यही न्यूनतम र अधिकतम मूल्यसूची भित्र रहेर आइतबारदेखि कारोबार हुने छ ।१७ लाख ५० हजार कित्ता

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।  आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।  माग भन्दा बढीको आवेदन परेकोले...

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ...

आईपीओ निष्कासन गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ – काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले आव २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ। संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ […]

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने लागेको हो ।कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड) को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजारकित्ता सेयर […]