बुधबार सम्पन्न नगरपालिकाको छैटौं नगरसभाले आगामी आव ०७७-७८ का लागि ७९ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन र प्रशानिक खर्चतर्फ १२ करोड विनियोजन गरिएको छ । त्यसैगरी भुक्तानी दिन बाँकी दायित्वमा ५ करोड, १ लाख २३ हजार, सामाजिक विकासतर्फ १ करोड ७० लाख, आर्थिक विकासतर्फ १ करोड ५० लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १ करोड, वन वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनका लागि १ करोड, समपूरक कोषका लागि १ करोड, कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि ८० लाख र वडागत पूर्वाधार विकासका लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।