बैतडी : शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ। प्रशासकीय भवन नहुँदा हालसम्म भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिएको थियो।अहिले नवनिर्मित भवनबाट सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्। गाउँपालिकाको दुई करोड रूपैयाँमा भवन निर्माण गरिएको हो। आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।२०७६ सालमा ठेक्कामार्फत भवन निर्माण सुरु गरे पनि कोरोना संक्रमणको कारणले केही ढिलाइ भएको हो। नवनिर्मित