पर्वत– पर्वतको कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षका लागि प्रस्तुत गर्नुपर्ने नीति, कार्यक्रम र बजेट तीन महिना ढिलो गरी पारित गरेको छ । गत असार १० गतेभित्रै नगरसभा गर्नुपर्ने भए पनि जनप्रतिनिधिबीचको विवादका कारण तीन महिनापछि बुधबार सम्पन्न भएको हो । नगरपालिकाको १०औं नगरसभाबाट चालु आर्थिक वर्षका लागि ८७ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट पारित […]