नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले भोली (शनिबार) नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको छ । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । स्टार्टअपलाई