नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । स्टार्टअपको प्रवर्द्धनका लागि सीएनईवाईईएफले स्टार्टअप फेस्ट आयोजना गर्न लागेको हो । आउँदो असार ११ गते सोल्टी होटेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ...

सम्बन्धित सामग्री

स्टार्टअप फेस्ट गर्दै परिसंघ, ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने

नेपाल उद्योग परिसंघले आउँदो शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो । असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ । स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रश्तावलाई प्रश्तुती गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ । यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रश्ताव आएको थियो । जसमध्ये १० वटालाई प्रश्तुती गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिव ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ । कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रश्तुती हुनुका साथै प्यानल डिस्कश न, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।